काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानसमक्ष २ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। तालिकाको शीर्ष ६ मा पर्न जित्नैपर्ने खेलमा रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले डिफेन्ड गर्न सकिने योगफल तयार पारेको हो।
ओमानको अल अमरात क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८० रनको योगफल तयार पारेको हो। नेपालको सुरुवात भने राम्रो हुन सकेन। खराब लयमा रहेका ओपनर आसिफ सेख ७ रनमा बाहिरिए। दोस्रो विकेटका लागि देव खनाल र इशान पाण्डेबीच ६४ रनको साझेदारी भयो। निकै सुस्त ब्याटिङ गरेका इशान ६० बलमा २९ रन बनाएर बाहिरिए। आफ्नो चौथो ओडीआई अर्धशतक प्रहार गर्ने क्रममा देवले ६५ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५७ रन जोडे। यस त्रिकोणात्मक सिरिजमा पहिलो खेल खेलेका देवले अर्जुन कुमाललाई प्रतिस्थापन गरेका थिए।
मध्यक्रममा रोहित र दीपेन्द्रले १ सय ३९ रनको शतकीय साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। यो जोडीले ओडीआई क्रिकेटमा चौथो विकेटका लागि नेपालका तर्फबाट हालसम्मकै उच्च साझेदारी गरे। दीपेन्द्रले ६२ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ६९ रनको नक खेले। रोहितले ८१ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८० रन जोडे। यससँगै रोहित यस चक्रको लिग–२ मा १ हजार रन पूरा गर्ने पहिलो र एकमात्र नेपाली ब्याटर बनेका छन्। बसिर अहमदले ७ बलमा १७ रन जोड्दै राम्रो फिनिसिङ गरे।